‘प्रेमगीत २’ मा सुर्दशन र पुजा नहुने, फिल्मलाई लेखक रामशरण पाठकले नै निर्देशन गर्ने

...

भदौ, काठमाडौं । फिल्म ‘प्रेमगीत २’ बन्ने भएको छ । गतबर्षको सफल फिल्म प्रेमगीतको दोस्रो श्रृंखला बन्ने भएको हो । निर्माता सन्तोष सेनको जन्मदिनको अवसरमा सोमबार फिल्मको घोषणा गरीएको हो ।

prem geet 2यस्तै प्रेमगीतका निर्देशन सुदर्शन थापा र नायिका पुजा शर्मा भने यस दोस्रो श्रृंखलामा नदोहोरीने भएका छन् । नायक भने प्रदिप खड्का नै रहनेछन् । फिल्मलाई फिल्मका लेखक रामशरण पाठकले निर्देशन गर्ने छन् भने नायिकाको खोजी भइरहेको निर्माता सन्तोष सेनले बताए । “हामी म्युजीक भिडियो पनि नखेलेको नवनायिकाको खोजिमा छौं, केहि दिनपछि सार्वजनिक गर्ने छौं फिल्ममी नायिका”, निर्माता सन्तोषले भने ।
prem geetप्रेमगीतका निर्देशनलाई नलिनुको कारण के छ भन्ने प्रश्नमा निर्माता सन्तोषले काम गर्दा आफुँलाई असहज भएकोले यस फिल्ममा नलिने बताए । फिल्मको छायांकन कात्तिकबाट थाइल्याण्ड, म्यानमार र नेपालमा गरिने छ ।

साथै निर्माता सन्तोष सेनले फिल्मका नायक प्रदिपलाई ८ लाख परिश्रमिक दिने भएका छन् । साथै निर्देशक रामशरण पाठकलाई पनि ८ लाख ७५ हजार पारिश्रमिक दिइएको सन्तोषले बताए ।