‘एल.जी फिल्म अवार्ड’को सर्वोत्कृष्ट ५ को मनोनयन सार्वजनिक (पुर्णपाठ)

...

भदौ, काठमाडौं । ‘एल.जी फिल्म अवार्ड’को सर्वोत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । एलजी अवार्डको यो पहिलो संस्करण हो । अवार्डको उत्कृष्ट फिल्मको मनोनयनमा प्रेमगीत, क्लासिक, पशुपतिप्रसाद, कबड्डी कबड्डी र ड्रिम्स छन् ।

lg film award 2073त्यस्तै उत्कृष्ट अभिनेता अभिनेतीमा अभिनेता तर्फ क्लासिकबाट आर्यन सिग्देल कबड्डी कबड्डीबाट दयाहांग राई, प्रेम गीतबाट प्रदिप खड्का, पशुपति प्रसादबाट खगेन्द्र लामिछाने र फन्को बाट सौगात मल्ल रहेका छन् । साथै अभिनेत्री तर्फ वडा नं. ६ बाट प्रियंका कार्की, भागसानी भाग बाट केकी अधिकारी, ड्रिम्सबाट साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रमेगीत बाट पुजा शर्मा र क्सासीकबाट नम्रता श्रेष्ठ मनोनित भएका छन् ।

यहि भदौ २२ गते राजधानीमा हुने समारोहमा हलिउड निर्देशक डिगर र बलिउड अभिनेता शत्रुघन सिन्हा आउने आयोजनक दिनेश डिसीले जानकारी दिए ।

पुर्णपाठ तलको तस्बिरमा हेर्नुहोस् :
LG cine award