अष्ट्रेलियामा तयार भएको म्युजीक भिडियो ‘तिमी मलाई मन पर्छ’ सार्वजनिक (भिडियो)

...

भदौ, काठमाडौं । तिमी मलाई मन पर्छ बोलको गीत सार्वजनिक गरीएको छ । गायक सन्जिब पराजुली र टिका प्रसाईंको स्वरमा रहेको तिमी मलाई मन पर्छ बोलको सो गीतमा शब्द सङ्गीत टिका प्रसाईंको र सङ्गीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

music videoजीवन रसाइलीको निर्देशनमा बनेको गीतको यस भिडियोलाई आइ भी एम प्रोडक्सन, अस्ट्रेलियाले सम्पादन गरेको हो । भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ जसमा रस्ना प्रधान र विशाल भारतीको रोमान्स हेर्न सकिन्छ ।