दोस्रो नेशनल क्यापिटल अवार्ड सम्पन्न, २६ बिधामा अवार्ड प्रदान (फोटो फिचर)

...

भदौ, काठमाडौं । ‘दोस्रो नेशनल क्यापिटल अवार्ड २०१६’ सम्पन्न भएको छ । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो अवार्डमा २६ बिधाका कलाकारहरुलाई सम्मान गरीयो ।
second capital award 2073गीतसंगीत बिधाका स्रष्टाहरुलाई बाडिएको अवार्डमा सर्वोत्कृष्ट दिर्घ संगीत साधना अवार्डबाट बरिष्ठ गायक तथा संगीतकार योगेश बैद्यलाई अवार्ड प्रदान तथा सम्मानित गरीयो । साथै डा. कृष्णहरी बरालले सर्वोकृष्ट गजलमा फिल्म प्रेमगीतबाट मत अलपत्र पर्छु गीतबाट अवार्ड पाए तर डा. बराल भने अवार्ड कार्यक्रममा अनुपस्थित थिए ।
second capital award 2073सर्वोत्कृष्ट आधुनिक गायकमा ‘बलबान हुँ’ भन्थें बोलको गीतबाट मनोजराजले अवार्ड थापे भने सर्वोत्कृष्ट लोकप्रिय गायकमा ‘सके गरौं सबैलाई राम्रो’ बोलको गीतबाट गायक तिलक बम मल्ले अवार्ड थापे । त्यस्तै सर्वोत्कृष्ट पप गायकमा ‘कट्दैन चिसो रात’ बोलको गीतबाट गायक राजेश हमालले अवार्ड पाए । साथै सर्वोत्कृष्ट दशक युगल गायक गायिकामा कल्हैया सिंह र गायिका अञ्जना गुरुंगलाई अवार्ड तथा सम्मान गरीएको थियो । कार्यक्रममा उत्कृष्ट म्युजीक भिडियो निर्देशनमा शिब बिकले अवार्ड पाउन सफल भए ।

second capital award 2073सर्वोत्कृष्ट आधुनिक संगीतकारमा ‘कोपिलामा सुन हुन्छ’ बोलको गीतबाट संगीतकार सन्तोष श्रेष्ठले अवार्ड पाउन सफल भए । सर्वोत्कृष्ट पब्लिक च्वाइस पुरुष मोडलमा नारायण ढकालले अवार्ड थाप्न सफल भए भने सर्वोत्कृष्ट महिला मोडलमा ‘तिम्रो लागी हाँसी हाँसी’ बोलको गीतबाट उषा खनालले अवार्ड तथा सम्मान ग्रहण गरीन् । सर्वोत्कृष्ट डायसपोनिक गीतमा ‘काली हो या गोरी’ हो बोलको गीतबाट अप्सरा शाक्यले अवार्ड थापिन् ।
second capital award 2073

second capital award 2073

second capital award 2073

second capital award 2073

second capital award 2073