दयाहाङ र केकी लाई लिएर बन्ने भयो ‘घामपानी’ फिल्म

...

भदौ, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारीलाई लिएर फिल्म ‘घामपानी’ बन्ने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यस फिल्मको घोषणा गरिएको हो ।

Dayahang rai and keki adhikariकार्यक्रममा बताइए अनुसार फिल्ममा अन्तरजातिय विवाहको कथालाई जोडिने छ । दयाहाङ तामाङ परिवारको र केकी ब्राहमण समुदायको युवती बन्नेछिन् अनि यी दुईको प्रेम चल्दै जाँदा आउने उतारचढावको वरीपरी फिल्म घुम्नेछ ।


सञ्चारकर्मी दिपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा यी दुईसँगै अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले, अरुणा कार्की लगायत लिड अभिनयमा हुनेछन् ।