भदौ, काठमाडौं । नेपाली कला तथा संगीत क्षेत्रका आर्टिस्टहरुको संगठन राष्ट्रिय संगीतकर्मि संघको आयोजनामा भएको बृहत तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । बिहिबार राजधानीको राष्ट्रिय नाँचघर जमलमा सम्पन्न सो कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका प्रवक्ता डा. बाबुराम भट्टराईले आर्टिस्टहरुलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
राष्ट्रिय संगीतकर्मि संघ र समाज उद्यान महिला मञ्चको आयोजनामा बार्षिक रुपमा हुँदै आएको तीज बिशेष कार्यक्रमको यसबर्षको कार्यक्रममा पनि नेपाली गीतसंगीतको क्षेत्रमा लागिरहेका आर्टिस्टहरुलाई सम्मान गरीएको हो । नेपाल कलाक्षेत्रमा लागेका स्रष्टा र केहि समाजसेवीहरुलाई सम्मान गरीएको कार्यक्रममा संयोजक रमेश दुलालले जानकारी दिए । “हामीले बर्षेनी कलाकार सम्मान र समाजमा अनवरत रुपमा लागेका समाजसेवीहरुलाई सम्मान गरेका छौं, यसबर्ष पनि सोही कामलाई निरन्तरता दिएका हौं”, संयोजक दुलालले आर्टिस्ट खबरसँग भने ।
कार्यक्रममा गायक तथा संगीतकर्मि संघका अध्यक्ष नवराज घोराशैनी, गायक तथा संघका उपाध्यक्ष राजेन्द्र कुमार कार्की, गायक अर्जुन खड्का, किशोर लम्साल, शंकर थापा, गायिका श्री देवी देवकोटासुन्तामि परियार, सुनिता गुरुंग, मिरा गिरी, पुजा सुनुवार, मोडल सितास्मा सिलवाल, निर्देशक मिलन श्रेष्ठ लगायतका आर्टिस्टहरुलाई सम्मान गरीएको थियो ।
साथै कार्यक्रममा केहि समाजसेवीहरुलाई पनि सम्मान गरीएको थियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामकृष्ण सेडाई, गोंगबु प्रहरी प्रभागकी इन्पेक्टर पुर्णिमा चन्द, समाजसेवी, दिपक तिमिल्सिना, रबि रिजाल, दिपक फुँयाल, शंकर कटुवाल, सहयोगी महिला समुदाय नेपालकी अध्यक्ष रत्नाकार्की भट्टराई लगायतलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराईले कलाकारहरु देशका गहना भएका र कलाकारहरुले पनि देशमा नयाँ आयाम ल्याउन सक्ने भएकोले आफ्नो प्रतिभालाई अझ बिश्वसामु चिनाउने काम गर्न कलाकारहरुलाई आग्रह गरेका थिए । साथै आफुले अब नेपालको बिकास गर्नका लागी नयाँ शक्ति पार्टि खोलेको र आफ्नो पार्टिमा निर्धक्क भएर लाग्न पनि आग्रह गरेका थिए ।