डान्स कल्चरका बिद्यार्थीहरुको तीज बिशेष कार्यक्रम सम्पन्न (फोटो फिचर)

...

भदौ, काठमाडौं । कलिउड डान्स सेन्टरको आयोजनामा ‘तीज बिशेष कार्यक्रम’ सम्पन्न भएको छ । शनिबार ललितपुर मा भएको बृहत साँस्कृतिक कार्यक्रममा बिभिन्न कलाकारहरु र डान्स कल्चरका बिद्यार्थीहरुको तीज बिशेष प्रस्तुती रहेको थियो ।
kallywood dance center डान्स कल्चरमा नृत्य सिकिरहेका बिद्यार्थीहरुले आयोजना गरेको यस कार्यक्रममा बिद्यार्थीहरुको नृत्य धेरै देखिन्थ्यो । सो तीज बिशेष कार्यक्रममा राष्ट्रियस्तरका केहि कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए । बिद्यार्थीहरुले दर्जन भन्दा बढी तीज गीतमा नृत्य गर्दा राष्ट्रियस्तरका कलाकारहरुले पनि तीज गीतमा उपस्थित सम्पुर्णलाई छमछमी नँचाएको देखिन्थ्यो । हलभित्र भएको दिउँसो ११ बजेबाट सुरु भएको सो कार्यक्रम साँझ ५ बजेसम्म चलेको थियो ।

kallywood dance center कार्यक्रममा चर्चित हाँस्य कलाकार सुरबिर पण्डित (बाह्री बा), बरिष्ठ संगीतकार अष्ट लामा, जादुगर महाराज, दिपेन ठकुरी शाह, कोरियोग्राफर तथा हाँस्य कलाकार पेमा लामा लगायत अन्य गायक गायिकाले पनि आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि संगीतका अष्ट लामाले पनि आफ्नो चर्चित गीतका केहि टुक्का गाएर तीजको माहोललाई रमाइलो बनाएका थिए । सोहि कार्यक्रमको मिडिया पार्टनर आर्टिस्ट खबर डटकम रहेको थियो ।
kallywood dance center

kallywood dance center asta lama in teej program

kallywood dance center