एलजी फिल्म अवार्डः उत्कृष्ट अभिनेता अभिनेत्री दयाहाङ र नम्रता, उत्कृष्ट फिल्म पशुपतिप्रसाद

...

भदौ, काठमाडौं । एलजी फिल्म अवार्डमा बर्षको उत्कृष्ट अभिनेता तथा अभिनेत्रीमा दयाहाङ राई र नम्रता श्रेष्ठ बनेका छन् । दयाहाङले कबड्डी कबड्डी र नम्रताले क्लासिकबाट अवार्ड थापेका हुन् । साथै बर्षको उत्कृष्ट फिल्ममा पशुपति प्रसाद पर्न सफल भएको छ ।

namrata Shrestha in LG film awardराजधानीमा बुधबार सम्पन्न २६ बिधाको अवार्ड कार्यक्रममा उत्कृष्ट निर्देशकमा पनि पशुपतिप्रसाद बाटै दिपेन्द्र के खनालले अवार्ड पाए । यस्तै बर्षको पपुलर हिरो तर्फ अनमोल केसी र हिरोईनमा रेखा थापा घोषित भइन् । अवार्ड कार्यक्रममा अनमोल र रेखा दुबै अनुपस्थित थिए ।

lg-film-award-2072सो कार्यक्रममा करिब ४० दशक देखी नेपाली फिल्म क्षेत्रमा अनवरत रुपमा लागी रहेका कलाकार उद्धवराज भटटराईलाई लाईफटाईम एचिभमेन्ट अवार्डमाट सम्मानित गरीएको थियो । कार्यक्रममा भारतबाट आएका भारतीय कलाकार शत्रुघन सिन्हा मुख्य आकर्षकका रुपमा रहे । सोहि कार्यक्रममा शुत्रघनको बायोग्राफि पुस्तक खामोस पनि बिमोचन गरीयो ।

pujha sharma and his coupleकार्यक्रममा उपराष्ट्रपनि नन्दबहादुर पुन प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा २ घण्टा १० मिनेट बसेका पुनले अवार्ड पाएका कलाकारहरुलाई बधाई दिनुका साथै कार्यक्रमका बिशेष अतिथि शुत्रघन सिन्हालाई भेट्न पाउँदा खुसी भएको बताए । साथै उनको कलाकारीताको प्रशंशा समेत पुनले गरे ।

lg-film-award-2072सिनेमा सर्कल नेपालका प्रमुख डिनेश डिसीको आयोजनामा भएको सो कार्यक्रममा फिल्म क्षेत्रका अधिकांश कलाकारहरुको उपस्थिती थियो । अवार्ड पाएका केहि कलाकार भने राजधानी बाहिर भएका कारण अवार्ड कार्यक्रममा उपस्थित भएका थिएनन् । आयोजक डिनेश डिसीले आगामी दिनमा प्रत्येक बर्षको बैशाख महिनाको पहिलो शनिबार अवार्ड कार्यक्रम राखिने समेत आजको कार्यक्रमबाट घोषणा गरे ।


अवार्ड विजेताहरुको सुची पढ्नुहोस्ः

उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेताः दयाहाङ राई
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टरः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट स्कृनप्लेः पशुपतिप्रसाद, खगेन्द्र लामिछाने
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान ,सञ्जय लामा (ड्रिम्स)
उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ
उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)
उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)
lg-film-award

lg-film-award-2072-10

 

lg-film-award

 

lg-film-award-2072