भदौ, काठमाडौं । पत्रकार ऋषि धमला बिभिन्न कारणले चर्चामा आईरहन्छन् । कहिले टेलिभिजन कार्यक्रममा सोधिएका प्रश्न त कहिले सार्वजनिक ठाउँमै उनका अनौठा क्रियाकलापले । यस्तैक्रममा बुधबार सिनेमा सर्कलद्धारा आयोजित एल.जी. अवार्डमा पनि ऋषि धमलाले केहि लज्जित हुनुपर्यो ।
कार्यक्रममा उद्घोष गरीरहेका सञ्चालक डिनेश डिसीले अवार्ड प्रदान गर्नका लागी ऋषि धमलालाई बोलाए । साथै ऋिषी धमला पत्रकार मात्र नभएर एक सेलिब्रेटी पनि हुन् भन्दा ऋषिमा मुस्कान देखिएको थियो भने दर्शकले खुबै हल्लाले साथ दिएका थिए ।
–
जब अवार्ड लिने बिजेता आए ऋषिले अवार्ड प्रदान गरे तर प्रदान गरसकेपछि बिजेताले फोटो खिचाउनु पर्ने ठाउँमा ऋषि पनि बिजेता सँगै अवार्ड माथि देखाउँदै मुस्कान दिँदै क्यामेरा तिर हेरे पछि उद्घोषक दिनेश डिसीले ‘लाग्दैछ यहाँ ऋषि धमलाले नै अवार्ड थाप्दै हुनुहुन्छ’ भनिदिए । दिनेशले माइकमै त्यसो भनिदिँदा ऋषि लाजले पछाडि हटे, दर्शकका मज्जाको हाँसो सुनियो ।