छक्का पञ्जालाई रुचाए दर्शकले, व्यापार आक्रमक

...

भदौ, काठमाडौं । हाँस्य कलाकारहरुले बनाएको चलचित्र छक्का पञ्जालाई दर्शकले रुचाएका छन् । कमेडी सहितको कथालाई समेटेर बनाइएको यस चलचित्र प्रदर्शन भएको दिनबाट हाउसफुलका साथ व्यापार गरीरहेको छ ।
darsakदिपा श्री निरौला निर्देशीत यस चलचित्र प्रदर्शन अगावै पनि निकै प्रचारप्रसार गरीएको थियो । महिना अघिबाटै चलचित्र युनिट नेपालका बिभिन्न ठाउँमा पुगेर प्रचारप्रसारको कार्य तिब्र बनाएको थियो । साथै हाँस्य कलाकारहरुले बनाएको चलचित्र भनेपछि दर्शकहरुले भरपुर कमेडी हुनसक्ने भनेर फिल्म हेर्न पुगेको पनि अनुमान लगाउन सकिन्छ । साथै सार्वजनिक ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका थिए । जसले गर्दा पनि चलचित्रको व्यापार अझ बढ्दै गएको छ ।


छक्का पञ्जा सँगै प्रदर्शनमा आएका २ हिन्दी चलचित्र ‘बार बार देखो र फिक्री अली’ नेपाली चलचित्रको अगाडि कमजोर देखिएका छन् । प्रदर्शनपछि राजधानी भित्रका अधिकांश हलहरु हाउसफुल भएको जानकारी आएको छ । साथै काठमाण्डौ बाहिरका पोखरा, चितवन, हेटौडा, धरान, इटहरी, विर्तामोड, दमकमा समेत दर्शकको चाप उच्च देखियो ।