‘उफ् यो मन’मा रिमा नहुने, सुरु भयो छांयाकन

...

भदौ, काठमाडौं । नायिका रिमा बिश्वकर्माको अभिनय रहने भनिएको चलचित्र उफ् यो मनको छांयाकन सुरु भएको छ । तर रिमा भने चलचित्रमा नरहने गरि छांयाकन सुरु भयो । केहि समय अघि मात्रै रिमाले चलचित्रमा आफ्नो भुमिका समेत मिडियामा बताईसकेकि थिईन् । रिमालाई चलचित्रमा किन समाबेश गराईएन भन्ने बारे भने केहि खुलाईएको छैन ।
yo-manचलचित्रको छायांकन दार्जलिङबाट सुरु भएको छ । चलचित्रमा नायक यशराज गराज र कलाकार रोहित रुम्बा मुख्य भूमिकामा देखिनेछन् । सुरज चन्दले निर्देशन गर्ने चलचित्रमा कलेजमा अध्ययन गर्ने यूवाहरुको कथालाई प्रस्तुत गरिएको छ ।

३५ दिनसम्म रमणीय स्थानमा खिचिने यस चलचित्रलाई अनुराधा फिल्मस् इन्टरटनेसनलको ब्यानरमा अनु शाहले निर्माण गरिरहेकी छिन् । भारतको सिक्किम, दार्जलिङ लगायतका स्थानमा छायांकन गरिने यो चलचित्रमा दीपक क्षेत्री, समिता गिरी, अमी दाहाल पनि मुख्य भूमिकामा छन् ।