नेपालको सत्यकथा समेटिएको मिलन लामाको मर्मस्पर्शि गीत सार्वजनिक (भिडियो)

...

भदौ, काठमाडौं । गायक मिलन लामाले नेपालको सत्यकथालाई समेटेर नयाँ गीत बजारमा ल्याएका छन् । बिगत लामो समयदेखी नेपाली गीतसंगीतको बजारमा लाखौं करोडौं दर्शकको माया पाउँदै आएका मिलनले देश भित्रका बिभिन्न पर्यटकिय क्षेत्रलाई प्रबद्र्धन गर्ने गीत तथा बिकृती बिसंगतीलाई हटाउने प्रवृतिका गीत पनि बजारमा ल्याएका छन् ।
satya-katha-by-milan-lamaयसपटक भने गायक मिलन लामाले नेपालको यथार्थ कथा समेटेर गीत बजारमा ल्याएका हुन् । जुन पछिल्लो समय नेपालमा भइरहेको छ । नेपालमा पढेर बिदेश जाने लहर यतिखेर नेपाली युवापुस्तामा चलिरहेको छ । गाउँघरमा दुख गरेर पढ्ने र अमेरीका, अस्ट्रेलिया, जापान लगायतका ठुला देशहरुमा उच्च शिक्षा हासिल गर्न तथा कामका लागी जाने गरेका बेला यसै कथालाई समेटिएको गीत बजारमा ल्याएका हुन् ।

गीतमा एकल आवाज दिएका मिलनले आँफैले अभिनय गरेका छन् जसमा सुनिता आचार्यले साथ दिएकी छिन् । गीतमा शब्द संगीत पनि मिलनकै रहेको छ । भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले खिचेका हुन् । साथै भिडियो सम्पादन रबिक बिकले गरेका हुन् ।

भिडियो हेरौं ।

गीतमा समावेश शब्दहरु पढ्न पनि सक्नुहुनेछ ।

‘सुन कथा यो, यो हाम्रो नेपालको सत्य कथा हो ।
दरबार जस्तो घर भएनी के काम लाग्यो चन्द्रिका,
छोरी गए अस्ट्रेलिया छोरो अमेरीका । 

जति जति धेरै पढ्यो त्यति त्यति टाढा,
माया मात्रै भो गाढा ।

गैरी खेत लैनो भैँसी बेची बेची पढाएँ, आफु नखाई नखाई उन्लाई मिठो खुवाउँदै पढाएँ ।
टाढै जाने जहाज चढी गए बसाई सारेर, घरै सुन्ने पारेर ।

सुन कथा यो, यो हाम्रो नेपालको सत्य कथा हो ।
सुन्छु कुरो नाति भो रे सुईमिङ पुलमा पौडिने,
यता घरको आगन खाली कल्ले दौडने ।

अब आसै मार्देउ बुढी छोरा छोरी फर्किने,
सुन्छु उतै घरकिने । 

राजनितिको फोहोरी खेल बाग्मतीमा खनाईदेऊ,
पढेपछि जागिर पाईने नयाँ नेपाल बनाईदेऊ ।

बन्द भाको कलकारखाना खोल उद्योग धन्दा,
राम्रो हुन्छ सबभन्दा ।

सुन कथा यो, यो हाम्रो नेपालको सत्य कथा हो ।’