‘छक्का पञ्जा’को पहिलो साताको आम्दानी कति ? जान्नुहोस्

...

भदौ, काठमाडौं । यहि भदौ २४ बाट अल नेपाल ८० वटा हलबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा’ले पहिलो साता पार गरेको छ । प्रदर्शन भएसँगै अधिकांश हलहरुमा हाउसफुलको व्यापार गरेको यस चलचित्रले पहिलो सातासम्म घरेलुबक्स अफिसमा ३ करोडको ग्रस कलेक्सन गरेको छ ।
chhaka panja nepali movieपहिलो सातामै तिनकरोडको आम्दानी गर्न सफल यस चलचित्रले दोस्रो सातासम्म पुग्दा थप दुई करोडको व्यापार गर्न सक्ने निर्माणको आँकडा रहेको छ । राजधानीका अधिकांश मल्टिप्लेक्समा समेत हाउस फुलको व्यापार गरेको छक्का पञ्जाले पहिलो सातामा अहिलेसम्मकै नेपाली चलचित्रको रेकर्ड तोडेको बताइएको छ ।

आज शुक्रबार बाट लागेको अन्य दुई चलचित्र गाँठो र ड्राइभर दाईको व्यापारमा समेत छक्का पञ्जाले ओरालो लगाइदिएको बताइएको छ ।