‘छक्का पञ्जा’को टिम सामाजिक कार्यमा लाग्यो, दिनदुखीको सहयोग गर्दै

...

असोज, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ यतिखेर देशभरका हलहरुमा लागिरहेको छ । पहिलो सातामै तिनकरोड भन्दा माथि कलेक्सन गरेर सफल भएको यस चलचित्रको युनिट यतिखेर सामाजिक कार्यतर्फ लागेको छ ।

chakka-panja-team-in-pasupatiटोलिले पशुपतिमा रहेको निशुल्क भोजनगृहको व्यस्थापनमा सहयोग गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको निशुल्क भोजनगृह संचालनमा आएसंगै दिन दुखी मानिसहरुलाई खाना खुवाउने गरिएको छ । छक्का पन्जा टिमले व्यवस्थापनमा सहयोग गर्नुको साथै आफैले खाना बनाएर पनि खुवाएका पनि थिए ।

chakka-panja-film-team-in-pasupati
सो कार्यमा चलचित्र निर्देशक दीपा श्री निरौला, दिपकराज गिरी, संगीतकार राजनराज शिवकोटी, हास्य कलाकार शिवहरी पौडेल, किरण केसी लगायतको कलाकारको सहभागी थिए ।