शिल्पाले भनिन्- ‘छविराज ओझा सफल ब्यानर हो त्यसैले रोजेकी हुँ’

...

असोज, काठमाडौं । अभिनेत्री सिल्पा पोख्रेल र निर्माता छविराज ओझाको बिषय यतिखेर बजारको चर्चाको बिषय हो । छविसँग सिल्पाले विवाह गर्ने लगभग पक्का पक्की भयो भन्ने हल्ला चलेको बेला सिल्पाले भने आफ्नो विवाहको केहि कुरा नभएको प्रष्ट्याएकी छिन् । उनले बजारमा जतिपनि आफ्नो बारेमा हल्ला चलेको छ त्यो गलत भएको बताएकी छिन् ।

chabi-and-shilpaनिर्माता छविराज ओझाको ब्यानरबाट डेब्यु गरेकी सिल्पालाई छविराजकै फिल्ममा पैसा हाल्नु हुन्छ अरुमा किन गर्नुहुन्न भन्ने सञ्चारकर्मिको प्रश्नमा उनले सफल ब्यानर भएकोले छविराजको ब्यानर रोजको बताएकी छिन् । तिनवटा चलचित्रमा छविराजसँग काम गरीसकेकी सिल्पाले जसले फिल्म चलाउन सक्छ, जो सक्छ फिल्म चलाउने क्षमता छ त्यो ब्यानरसँग काम गरेको बताएकी छिन् ।

सिल्पाले छविराज ब्यानरबाट चलचित्र ‘लज्जा’, ‘हवल्दार सुन्तली’ गरीसकेकी छिन् भने अब उनको अर्को चलचित्र किश्मत २ प्रदर्शनको तयारीमा छ ।

विवाह हुने नहुने बुबा आमालाई सोध्नुपर्छ
अभिनेत्री सिल्पा पोख्रेललाई तपाईले छविराज ओझासँग विवाह गर्ने हुनुभएको हो भन्ने प्रश्नमा उनले सुरुमा यो कुरा आफ्नो बुबा आमालाई सोध्नुपर्ने बताएकी छिन् । आफुलाई जन्मदिने र यहाँसम्म ल्याउने आफ्नो बुबा आमा भएकोले विवाह गर्ने कुराको आफुले एक्लो निर्णय गर्न नसक्ने र बुबा आमाले स्विकार्नु भयो भने आफुले बिवाह गर्ने बताएकी छिन् ।