चलचित्र ‘लालपुर्जा’ घोषणा, कार्यक्रममै लगाईयो मित

...

असोज, काठमाडौं । चलचित्र ‘लालपुर्जा’को घोषणाा गरीएको छ । लमजुङको एक गाउँलाई मितेर गाउँ बनाएर निर्माण गरीने यस चलचित्र असोज ९ गतेबाट छायांकन हुने आज काठमाडौंमा आयोजना गरीएको पत्रकार सम्मेलनमा बताइयो ।
lalpurja-ghosana-2चलचित्रमा सौगात मल्ल र कामेश्वर चौरासिया मुख्य भुमिकामा रहनेछन् । कार्यक्रममा यी दुबै आर्टिस्टलाई मित लागाइएको थियो । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् भने यो माधव वाग्ले र टेकेन खड्काले निर्माण गर्न लागेको चलचित्र हो ।

चलचित्रमा सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, मेनुका प्रधान, कुमार नगरकोटी, कमलमणी नेपाल, अनिल पाण्डे, हरिहर शर्मा लगायतको अभिनय रहनेछ ।