लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा यी दिन उम्मेदवारीमा कस्ले मार्ला बाजी ? प्रचारप्रसार यस्तो छ

...

असोज, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिवेशनमा अध्यक्षका तिन प्रत्यासी यतिखेर चुनावी माहोलमा निकै ब्यस्त छन् । राजधानीको कमलादी स्थित प्रज्ञाभवनमा शनिबार देखी सुरु भएको महाधिवेशनमा करिब ४० हजारभन्दा बढी सदस्य रहेको लोकदोहोरी प्रतिष्ठानको देशभरका करिब २५ सय प्रतिनिधि उपस्थित भएका छन् ।

badri-pangeni-lok-dohori-pratisthan-1प्रतिष्ठानको अध्यक्षका लागि बद्री पंगेनी, विष्णु खत्री र टीकाराम चपाईँले उम्मेदवारी घोषणा गरेका छन् । पंगेनी पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन् भने खत्री अध्यक्षमा चन्द्र शर्मासँग पराजित भएका थिए । चपाईँ अघिल्लो महाधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए ।

bishnu-khatri-lok-dohori-pratistanअध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका तीनै जनाले आ–आफ्ना पार्टीको तर्फबाट भोट माग्ने काम गरिरहेका छन् । विभिन्न समयमा विभिन्न पार्टीमा रहेका पंगेनी यसपाली एमाले, चपाई कांग्रेस र विष्णु खत्रि माओवादी केन्द्र भएर भोट मागिरहेका छन् । प्रज्ञाभवन परिसरमा यतिखेर प्रचारप्रसार निकै देखिन्छ । अध्यक्षहरु आआफ्नो तरिकाबाट प्रचारप्रसारको शैली अपनाइरहेका छन् ।
lok-dohori-pratisthan-1आईतबार आर्टिस्ट खबरको टिम प्रज्ञाभवन परिसरमा पुग्दा अध्यक्षका प्रत्यासी बद्री पंगेनी र विष्णु खत्रीले प्रचारप्रसार निकै गरीरहेका छन् । अध्यक्षका अर्का प्रत्यासी टीकाराम चपाईँको प्रचारप्रसार शैली भने खासै देखिएको थिएन । आज सोमबार यतिखेर भने भोट सुरु भइसकेको छ ।
lok-dohori-pratisthan-1

badri-pangeni-lok-dohori-pratisthan-2

badri-pangeni-lok-dohori-pratisthan-2