प्रेम धोजले १० बर्षपछि गाएको गीत ‘ति आँखामा’ सार्वजनिक (भिडियो)

...

असोज, काठमाडौं । एक समय निकै गनिएका गायक प्रेम धोज प्रधानको नयाँ गीत सार्वजनिक गरीएको छ । १० बर्ष पछि पुनः गायक क्षेत्रमा आएका प्रेम धोजको ‘ति आँखामा’ बोलको गीत सार्वजनिक गरीएको हो ।
prem-dhoj-pradhan-सोमबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको यस गीतमा प्रेम धोजको साथमा केन्जुमा सुब्बाको स्वर रहेको छ । डब्बु क्षेत्रीको शब्द र जुगल डंगोलको संगीत रहेको यस गीतको भिडियोलाई मोहन मनु अधिकारीले निर्देशन गरेका हुन् भने भिडियोमा मोडल बिकास लामिछाने र बिनिता वलीको अभिनय रहेको छ ।
bikash-lamichhaneगायक प्रेम धोज प्रधानले सयौं गीतमा स्वर दिइसकेका छन् भने लामो समयपछि गीतसंगीत क्षेत्रमा फर्किएका हुन् । कार्यक्रममा बोल्दै प्रेमधोजले आफुले गीतसंगीतलाई कहिल्यै छोड्न नसक्ने बताएका थिए ।
prem-dhoj-pradhan