राजेश पाएल राईका बुबा भन्छन्- ‘जुनजात भएपनि ल्याए हुन्छ भनेको छु बिहे नै गर्दैन’

...

असोज, काठमाडौं । गायक राजेश पाएल राई अभिवाहित हुन् । उनको बिहेको बिषय बेलाबेलामा चर्चाको बिषय बन्ने गर्दछ । उमेर पुग्दा पनि बिहे गरेनन् भनेर कतिपयले कहिले गर्नुहुन्छ भन्ने प्रश्नले दुख दिने कुरा पनि उनले बताउँदै आएका छन् । यसैक्रममा सोमबार उनको ‘दर्शन नमस्ते ३’ एल्बम बिमोचन कार्यक्रममा पनि उनको बिहेको बिषयको चर्चा चल्यो ।

father-of-rajesh-payal-rai-ratna-rai-1एल्बम बिमोचनमा राजेश पाएलका बुबा र आमा पनि उपस्थित थिए । कार्यक्रम सञ्चालक डिनेश डिसीले छोराले धेरै राम्रो काम गर्दै आएकोमा बुबा आमा धेरै खुसी हुनुहुन्छ तर अब बिहे गरेर एउटी राम्री बुहारी ल्याइदिनु भयो भने झनै खुसी हुनुहुन्छ होला भनेपछि त्यो बिषयमा राजेशका बुबा रत्न राईले पनि मज्जैले बोले ।

father-of-rajesh-payal-rai-ratna-rai-1बुबा रत्न राईले जब राजेश पाएलको बिहेको कुरा आउँछ तब मलाई अगाडी बाट काँडैकाँडाले बेरे जस्तो लाग्छ भन्दै सबैलाई हँसाएका थिए । उनले आफुले पनि बिहे गर्न पहिल्यै देखी प्रस्ताव गरेको बताएका छन् । “मैले पहिल्यै देखी भनेको छु, जुन जातको ल्याए पनि हुन्छ, हामी जस्तो छौं त्यस्तै गरी पाल्छौं, जे खान्छौं त्यही खुवाउँछौं भनेकै छु, तर पनि बिहे नै गर्दैन ।” उनले बिहे गर्दा निकै धुपधामले गर्ने योजना गरेको पनि कार्यक्रममा बताएका थिए ।

rajesh-payal-rai-darsan-namaste-3-song

गायक राजेश पाएल राईको दर्शन नमस्ते ३ एल्बम बिमोचनमा नै बिन्दाबासिनी म्युजीकले उनको एल्बमलाई नै १५ लाख रुपैयामा किनिदिएको थियो ।