लिटिल स्कूल आइडल’को उपाधी लुइसा गुरुङले जितिन्

...

असोज, काठमाडौं । ‘लिटिल स्कूल आइडल’को उपाधी लुइसा गुरुङले हात पारेकी छिन् । काठमाण्डौमा पहिलो पटक आयोजना भएको लिटिल स्कूल आइडलमा १८ जनालाई पछि पार्दै लुइसाले उपाधी जितेकी हुन् ।

miss-school-ideal-2एभरेष्ट फेसन होमको आयोजनामा ब्लू बर्ड मलमा सो आईडल प्रतियोगीतामा प्रतियोगीताको फस्ट रनरअपको उपाधी विशेषता वुढाथोकी र सेकेन्ड रनरअपको उपाधी निकिता गोतामेले जितिन् । ६ देखि १४ बर्षका बालिकाले प्रतियोगीतामा सहभागीता जनाएका थिए ।

प्रतियोगीताको मुल्यांकनकर्ताको रुपमा सुशिल पाण्डे, दीपक घिमिरे, रोजी पुन, प्रियालक्ष्मी कार्की, श्रीधर पौडेल थिए ।