छविराज र शिल्पाको बिहे निश्चत ? (किस्मत-२ का निर्देशक ऋषि लामिछानेसँगको भिडियो कुराकानी)

...

असोज, काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेलको बिवाह हुन्छ या हुँदैन भन्ने बिषय यतिखेरको बजारको चर्चाको बिषय हो । निर्माता छविराज ओझाको ब्यानरबाटै चलचित्रमा आएकी शिल्पा यतिखेरकी चर्चित नायिकाको रुपमा चिनिन्छन् । उनलाई एकपछि अर्को चलचित्रको अफर आईरहेको हुन्छ ।

Rishi Lamichhane - Silpa pokhrel and chhabi raj ojhaनायिका रेखा थापासँगको सम्बन्ध बिच्छेद पछि अझ छविराज र शिल्पाको बिहेको चर्चा बढी चलेको पाइन्छ । कतिले छविराजले शिल्पासँग बिवाह गर्नकै लागी रेखालाई डिभोर्स दिए भनेका छन् त छविराज आँफैले पनि अर्को बिहे गर्न रेखासँगको बाटो छुट्याएको बताएको बिभिन्न मिडियामा नआएका पनि होइनन् ।

यसैबिच नायिका शिल्पा पोख्रेलले पनि निर्माता छविराज ओझासँग बिवाह गर्न सहमत जनाएकी छिन् । यदि आफ्नो घरबाट बाबा आमाले सहमति जनाउँनु हुन्छ भने आफुले बिवाह गर्छु भनेकी शिल्पाले आँफुलाई प्रत्यक्ष रुपमा छविले बिवाह गर्न प्रस्ताव नराखेको बताउँछिन् ।

यसैबिच असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छविराजले निर्माण गरेको र सिल्पाले अभिनय गरेको चलचित्र किस्मत २ का निर्देशक ऋषि लामिछानेसँग छविराज र शिल्पाको बिहेको बिषयमा आर्टिस्ट खबरले केहि कुरा गरेको छ । आँफु छविराज सँग नजिक भएको हिसाबले के यी दुई आर्टिस्टको बिहे हुन्छ त भन्ने हाम्रो प्रश्नमा निर्देशक ऋषिले उनीहरुको बिवाह निश्चित हुने बताएका छन् ।
Rishi Lamichhane - Silpa pokhrel and chhabi raj ojhaनिर्देशक ऋषि लामिछानेले बजारमा हल्ला चलेको कुरा बास्तविक भएको बताएका छन् । साथै उनले आँफुले यी दुई आर्टिस्टको बिवाह भएको देख्ने चाहाना भएको पनि बताएका छन् । उनले रमाइलो शैलीमा आँफुले छविराजलाई बा भन्दै आएकोले चाडै नै शिल्पालाई आमा भन्न पाइवस् पनि भनेका छन् । यदि छविराज लाई बा भने शिल्पालाई आमा र शिल्पालाई बहिनी भने छविराजलाई ज्वाँई भन्न पाइवस् भनेका छन् ।

निर्देशक ऋषि लामिछानेसँग आर्टिस्ट खबरले गरेको भिडियो कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।