हिरामणी न्यौपानेले अर्को चलचित्र ‘मेरो मिल्ने साथी’ बनाउने

...

असोज, काठमाडौं । चलचित्र ‘मेरो मिल्ने साथी’ बन्ने भएको छ । निर्माता हिरामणी न्यौपानेले आफ्नो चलचित्र ‘सुब्बा साब’ रिलिज नहुँदै यस चलचित्रको घोषणा गरेका हुन् ।

mero-milne-sathi
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्र ‘मेरो मिल्ने साथी’को घोषणा गरिएको हो । चलचित्रका लागि कलाकार भने पक्का गरिएको छैन ।

निर्देशक अधिकारीले चलचित्र ‘सुब्बा साब’ भने पारिवारिक कथावस्तुमा तयार भएको बताए । यो चलचित्रमा सरोज खनाल, गौरी मल्ल, जीवन लुइटेल, बर्षा सिवाकोटी, महिमा सिलवाल लगायतका कलाकारको अभिनय छ ।


हिरामणी न्यौपानेको निर्माणमा तयार भएको ‘सुब्बा साब’ असोज २१ गतेबाट रिलिजमा आउँदैछ ।