पुस्कल शर्माको यसपालीको दशैं गीत ‘आउँदैछु प्लेन चढेर’ (भिडियो)

...

असोज, काठमाडौं । नेपालीहरुको महानपर्व दशैं नजिकिँदै गर्दा नेपाली गीतसंगीतको क्षेत्रमा पनि दशैंको राम्रै प्रभाव देखिन्छ । बिभिन्न चाडपर्वमा सयौं गीतहरु बन्ने गर्दछन् । यस्तै यसपालीको दशैंको अवसरमा पनि स्रष्टाहरुले सयौं गीत बजारमा ल्याएका छन् ।
puskal-sharma-new-sonगायक पुस्कल शर्माको यसपालीको दशैंको कोसेली स्वरुप एक गीत बजारमा ल्याएका छन् । जुन गीतमा प्रदेशमा रहेका उनी आफु घरमा दशैं मनाउन आउने कथा समेटेका छन् । ‘दशैं तिहार मनाउन आउँदैछु प्लेन चढेर’ बोलको लोकगीतमा पुस्कल शर्माको एकल आवाज रहेको छ ।


भिडियोमा पुस्कल र कृष्टिको अभिनय देख्न सकिन्छ । गीतमा अमृत पुन मगरको लय शब्द रहेको छ भने भिडियोलाई काजीश श्रेष्ठले निर्देशक गरेका हुन् भने सृजन शाहीले सम्पादन गरेका हुन् । भिडियोलाई सागर गौतमले खिचेका हुन् ।

भिडियो