‘मन दुखेको दशैं’को बिशेष शो सम्पन्न, सबैका आँखा रसाए

...

असोज, काठमाडौं । बडा दशैंको अवसरमा चलचित्र ‘मन दुखेको दशैंको बिशेष शो गरीएको छ । बिहिबार राजधानीको अष्ट नारायण पिक्चर्समा केहि फिल्मकर्मि र सञ्चारकर्मिहरुका बिच मन दुखेको दशैंको बिशेष शो सम्पन्न भएको हो । दशैंको कथालाई समेटिएको यस फिल्म हेरीसकेपछि सबैका आँखा रसाएको देख्न सकिन्थ्यो । फिल्ममा दशैं मनाउन नसक्दाको दुखः तथा बिदेशीनु पर्ने कथालाई समेटिएको थियो ।
man-dukheko-dashain-nepali-short-movieमणीराज अर्याल निर्देशीत एक घण्टा प्रन्ध मिनेटको छोटो चलचित्रको बिशेष शो कार्यक्रममा औपचारीक कार्यक्रम सकेर चलचित्र देखाइएको थियो । कार्यक्रममा बरिष्ठ शिक्षाविद, परराष्ट्रबिद, पुर्वराजदुत संयुक्त राष्ट्र संघ तथा कार्यक्रमका प्रमुथ अतिथि डा. जयराज आचार्यले पनि चलचित्र हेरीसकेपछि चलचित्र राम्रो भएको र नेपाली परिवेशमा मिल्ने र मनछुने चलचित्र बनाएको बताएका थिए । साथै उनले चलचित्र युनिट लाई शुभकामना पनि दिएका थिए । साथै मातुभुमि महिला समाजकी अध्यक्ष तथा कार्यक्रमकी अतिथि कल्पनाले पनि चलचित्र राम्रो बनेको भन्दै शुभकामना दिएकी थिइन् ।
man-dukheko-dashain-nepali-movie-3चलचित्रका निर्देशक तथा लेखक मणीराज अर्यालले नेपालको वास्तविक कथालाई पर्दामा उतारेको र चलचित्रलाई यहि दशैंमै प्रदर्शन गर्ने गरेर काम गरेर सफल भएको भन्दै आफ्नो सम्पुर्ण चलचित्र युनिटलाई धन्यवाद दिएका थिए । साथै निर्देशक अर्यालले छोटो चलचित्र भएपनि चलचित्र हेरेर निस्किएका जतिपनि चलचित्रसँग सम्बन्धित ब्यक्तिहरु थिए उहाँहरुबाट राम्रो प्रतिक्रिया आएको बताएका थिए ।

man-dukheko-dashain-nepali-movie-4चलचित्रको बिशेष शो कार्यक्रममा नेपाल चलचित्र बिकाश बोर्डका सदस्य उत्तम केसी तथा चलचित्रका कलाकार र केहि चलचित्रकर्मिहरुको उपस्थिती रहेको थियो । चलचत्रिका मुख्य कलाकार श्रीकृष्ण फुँयाल भने चलचित्रको बिशेष शोमा देखिएका थिएनन् । उनी नेपाल बाहिर भएकोले बिशेष शोमा आउन पाएका थिएनन् । चलचित्र दशैं अघिनै राजधानीका केहि हलहरुमा प्रदर्शन गरीने बताइएको छ ।