‘जात्रा’को जात्रा हेर्ने दिन कात्तिक २६, यस्तो बन्यो ट्रेलर (भिडियो)

...

असोज, काठमाडौं । चलचित्र ‘जात्रा’ आउँदो कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको ‘जात्रा’ले प्रदर्शन मिति तय भएसँगै ट्रेलर पनि सार्वजनिक भएको छ । ट्रेलर कमेडी शैलीका साथै सस्पेन्स कथा रहेको बुझ्न सकिन्छ ।
jatra-trailerचलचित्रमा असनका ३ व्यापारीको कथामा निर्माण भएको छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बाँनिया हुन् । चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रविन खतिवडा आदिको मुख्य भूमिका रहेको छ ।