चलचित्र ‘निशब्द’ को शुभ मुहर्त

...

साउन, काठमाडौँ । नयाँ चलचित्र निशब्द निर्माण हुने भएको छ । यो चलचित्रलाई नायिका तथा निर्देशक सुभेच्छा थापाले निर्देशन गर्दैछिन् । सोमबार काठमाडौँको भद्रकाली मन्दिरमा चलचित्रको चलचित्रको शुभमुहुर्त गरिएको थियो ।

चलचित्रमा तेस्रो लिङ्गी संग सम्बन्धि घटना, विषय बस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको छायांकन दुई दिन पछि हुने बताएको छ ।

चलचित्रमा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी, रश्मि भट्ट, शुशिला निरौला, कमल बोहोरा, रमेश ढकाल, सबिता खड्का, भगवान भन्डारी, कल्पना विसि, संजय मुडभरी, माया देवि श्रेष्ठ, सहारा खड्का, हुमा गिरी, सागर हुमागाई, चन्द्र बहादुर गुरुङ, बन्दना गुरुङ, अनुप श्रेष्ठ, सुरेश पुडासैनी, प्रनिता तामाङ, मन महर्जन, गंगा गुरुङ, प्रकृति राणा मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।

राधारमन मन्जिल मल्टीप्रपोज ग्रुपको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माता उमेश खड्का रहेका छन् । कार्यकारी निर्देशक सरोज दाहाल रहेका छन् । देव श्रेष्ठको द्वन्द निर्देशन,सौरभ दवाडीको पटकथा , विनोद बरालको सिनेमाटोग्राफी, शंकर विश्वकर्माको नृत्य निर्देशन रहने चलचित्र निशब्द को व्यवस्थापकमा नेत्र बहादुर कार्की रहेका छन् । चलचित्र तिहार पछि रिलिज गर्ने निर्माण टिमले जानकारी दिएको छ ।