गायिका जेरीले अब प्रवचन दिने

...

काठमाडौँ । लोकदोहोरी क्षेत्रकी एक बलीयो खम्बा बनेर रहेकी गायीका बबीता बानीया जेरीले आफ्नो कर्मक्षेत्र मोड्दै छिन् । उनी गायीकाबाट वाचिकामा रुपान्तरण हुदैँ छीन् । अब उनलाई हामीले राधिका दासी, देवि प्रतिभा सरह व्यासमा बसेर प्रवचन दिइरहेको देख्न सक्छौ । सानैदेखी आध्यात्ममा विश्वास राख्ने जेरीले केहि वर्ष अघि गाईजात्रामा जेरीवाचन लिएर आएकी थीईन् । जसमा पनि उनको वाचन कला देख्न सकिन्छ ।

उनले भनेकी छिन्, मेरो अन्तरआत्ममा अध्यात्मा छ र सानैदेखी नै थीयो । मेरो पहिल्यै देखीको रुचीको विषय पनि हो । तर समय परीस्थीती मिलीरहेको थिएन । उनको भजन र प्रवचन प्रतिको लगाव देखेर पूर्वपति शंकर क्षेत्रीले समेत ईच्छा भए श्रीमद्भाग्वत गर्न भनेर सुझाव दिएको उनी सुनाउछिन् । अहिले उनी श्रीमद्भाग्वत अध्यनकै क्रममा छीन् । करीव छ महिनादेखी उनले श्रीमद्भाग्वत पढिरहेकी छिन् । अब अध्यन सकेपश्चात् ब्यासमा बसेर प्रवचन दिने तयारीमा छिन् जेरी । उनी अहिले माछा मासु छोडेर शाकाहारी बनीसकेकी छीन् । र आगामी माघमा धादिङमा उनले प्रवचन दिने पनि पक्का भईसकेको छ ।

काठमान्डौको मुटु ठमेलमा दोहोरीसाँझ समेत सञ्चालन गर्दै आईहेकी जेरी कथावाचनतर्फ लाग्न लागेसी उनका फ्यानहरु यतिबेला उनले लोकदाहोरीलाई बिट मार्छिन् की निरन्तरता दिन्छन् भन्ने विषयमा अन्योल देखीन्छन् । जेरीको टुक्के दोहोरी त झन् निकै भाईरल छ । उनको दोहोरीका फ्यानहरु बालकदेखी वृद्वासम्म सबै उमेर समुहका छन् । यसकारण उनले चटक्कै कर्मक्षेत्र नै परीवर्तन गर्नसक्ने अवस्था देखीदैन । उनले भनेकी पनि छन् म दुबै क्षेत्रमा सक्रीय रहन्छु । दर्शक श्रोताको मागअनुरुप जता रुचाईन्छु उतै अलि बढि व्यस्त रहन्छु । तर चटक्कै छाडेर अध्यात्मतर्फ लाग्न लागेको भने होईन । उनले यसैसन्र्दभमा सामाजीक सञ्जालमा एक पोस्ट पनी गरेकी छन् । एउटा आँट सहित को मूर्खता गर्दैछु, भगवान को कृपा दृष्टि, गुरुजन को आशीर्वाद, शुभचिन्तक ज्यू हरुको माया, साथ र शुभेच्छा सहितसबैको प्रतिक्रियाको आशामा,आभारी छु ।

लोकदोहोरी क्षेत्रमै हामीएका गायक शंकर क्षेत्रीसँग विवाह गरेकी जेरीको विवाहको केहि समयमै डिभोर्स भयो । उनकी एउटी छोरी पनि छीन् । र त्यहि विवाह र सम्बन्ध विच्छेदको तिक्तताबाट सास फेर्न जेरीने राधिका दासी माता सरह आध्यात्मीक संसारमा रुमलीन खोजेको धरैको अनुमान छ । यधपी राधिका दासी माता र उनको जीवनकाहानी पनि मिल्दोजुल्दो छ ।

गायिका बबिता बानियासँग आर्टिष्ट खबरको AK LOK PODCAST मा प्रस्तोता गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानी हेर्नुहोस् ।