नायिका अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विवाह

...

काठमाडौँ । एक समयकी हिट नायिका अभिनेत्री अरुणिमा लम्सालले दोस्रो बिहे गरेकी छिन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसेका हुन् । श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको बुझीएको छ । उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् । सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो । सम्बन्धविच्छेद पश्चात् छोरी भने अरुणीमा सँगै बस्ने गरेकी थिईन् ।

धड्कन, अग्नी ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो लगायत ५० बढी चलचित्रमा अभिनय गरेकी उनी चलचित्र ‘उर्वशी’ रिलिजपछि अमेरिका गएकी थिइन् । त्यसपछि उनले नेपाल फर्किएर चलचित्र अभिनयलाई निरन्तरता दिएकी छैनन् । १० वर्षपछि केहि महिनाअघि भने अभिनयमा फर्केकी थिईन् । उनले घर बट इन अमेरिका शीर्षकको वेब सिरिज गरेकी छीन् । यो सिरिजको छायांकन अमेरिकामा नै भएको थीयो ।

सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन् । अब छोरी हुर्काएर नेपाल फर्कीएर दोस्रो विवाह गरेकी उनी नेपाली रजतपटमा पुन प्रवेश गर्छीन् या फेरी अमेरीका हान्नीन्छीन् यो सबैमा कौतोहलताको विषय बनेको छ ।