‘ कबड्डी कबड्डी’की नायिका रिश्माले गरीन् पहिलो पटक मेलिना राइको गीतमा अभिनय (भिडियो)

...

कात्तिक, काठमाडौं ।  गायिका मेलिना राईको लेक फुल्ने बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा नायिका रिश्मा गुरुङको अभिनय रहेको पाइन्छ । यो नायिका रिश्माको डेब्यु म्युजीक भिडीयो हो ।

risma-gurung-nepali-actressसान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । ‘मेलिना’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द संगीत उत्तम जंग लिम्बुको सुन्न सकिन्छ । पछिल्लो समय पर्स्व गायनमा व्यस्त मेलिना आधुनिक गायनमा समेत उतिकै व्यस्त छिन् । उनका ‘कम्बर माथी पटुकी’ , ‘सिरैमा सिरबन्धी’ , ‘तिमीले बाटो मोड्यौ अरे’ ,’सुनौलो’, ‘प्रकृतीको सुन्दर’ , ‘पिरतीको डोरी’ लगायतका गीतहरु चर्चित छन् ।

melina-rai-new-songयस्तै यसै गीतबाट म्युजीक भिडीयोमा डेब्यु गरेकी नायीका रिश्मा गुरुङको ‘कबड्डी’ , ‘कबड्डी कबड्डी’ र ‘झुम्की’ चलचित्रहरुमा उनको अभिनय देख्न सकिन्छ । भिडीयोमा निसान घिमीरेको सम्पादन ,उत्सब दाहालको छायांकन रहेको छ ।