गायक मिलन लामा ४ औं पटकको अमेरीकाको कार्यक्रम सकेर नेपाल फर्कदै

...

कात्तिक, काठमाडौं । चर्चित ‘माझी दाई पोखरा फेवतालको’ गीतका गायक मिलन लामा यतिखेर अमेरीकाको न्युयोर्कको कार्यक्रम सकेर आज नेपाल फर्कदै छन् । सिन्धुपाल्चोक (वेल्फेयर) समाज को आयोजना अक्टोबर २२ न्युयोर्क को ढाका क्लबमा भएको ‘दिपावली सांस्कृतिक कार्यक्रम’मा सहभागी भएर गायक मिलन आज नेपाल फर्किने भएका हुन् । यो पटकको कार्यक्रम मिलनको अमेरीकामा ४ औं पटक हो ।

milan-lama-in-america-new-workअहिले सम्म ३० वटा देशमा आफ्नो प्रस्तुती देखाइसकेका गायक मिलन देश बाहिरको सबैभन्दा धेरै कार्यक्रममा जाने लोकगायकहरुको लिस्टमा पर्दछन् । मिलनले नेपालको पनि  अधिकांश जिल्लाहरुको कार्यक्रममा आफ्नो प्रस्तुती देखाइसकेका छन् ।

तिहार पर्व नजिकिँदै गर्दा उनी न्युयोर्कबाट फर्के लगतै थुप्रै कार्यक्रमका बुकिंग भइसकेको आर्टिस्ट खबरलाई बताएका छन् । तिहार बिशेष कार्यक्रमका लागी तिहारको समयमा बिभिन्न कार्यक्रम रहेको बताएका छन् । कार्तिक ११ मा देवघाट देउपुर,तनहुँ, १३ मा जिरौना रत्ननगर, १५ मा विजय नगर शारदा नगर,चितवन लगायतका ठाउँमा कार्यक्रम रहेको बताएका छन् ।
milan-lama

गायक मिलन लामाको ‘माझी दाई पोखरा फेवा तालको’, ‘बाटो खुल्यो मोटर गुड्यो जुम्ला कालिकोटको’, ‘वेलकम टु नेपाल’ लगायतका गीत अत्यधिक हिट छन् ।