बुटवलमा भएको ‘बि टाउन फेशन शो’ मा रमाए दर्शक

...

कात्तिक, बुटवल । लिओ क्लब अफ बुटवल र इन्टरनेसनल फेशन डिजाइनर मदन पौडेलको आयोजनामा ‘बि टाउन फेशन शो’ कार्यक्रम बुटवल मा सम्पन्न भएको छ । कार्यक्रममा बुटवलका फेशन डिजाइनरहरुले तयार पारेको विभिन्न पहिरनहरु काठमाडौँ बाट आएको मोडेलहरुले स्टेजमा उत्रेर पर्दर्शन गरे । फेशन डिजाइनर यालिजा तुलाधर ले डिजाइन गरेको पहिरनमा स्टेजमा उत्रिदा हलमा उपस्थित दर्शक ले ताली को गडगडाहटले स्वोगत गरे ।

bale-and-kakroj-in-butwalनायिका संचिता लुइँटेल पनि शोज टपरको रुमा प्रस्तुत भर्इ दर्शकको मन जितिन । कार्यक्रममा रन्जना श्रेष्ठ, अनुपमा श्रेष्ठ, एलिजा तुलाधर, यबम अनुस्का सैजु, तुल्सी गुरुङ, कन्चन गुप्ता र सन्ध्या गुप्ताले थरीथरीका आधुनिक डिजाइनका पहिरनहरु तयार परेर १० जना मोडेल मार्फत पर्दर्शन गरेका थिए ।

butwal-fashion-showकार्यक्रममा इन्टरनेशनल फेशन डिजाइनर मदन पौडेल, गायक कमल खत्री, इन्टरनेसनल मोडेल दिपक घिमिरे ,नब नायक तथा मोडेल निर्जन थापा, मिस नेपाल सुबिन लिम्बु, हास्यकलाकार बले कक्रोच लगायतले उपस्थित दर्शक लाइ भरपुर मनोरंजन प्रदान गरेका थिए ।

b-town-fashion-showकार्यक्रम लाइ चर्चित भिजे र मोडेल शुसिल नेपालले उदघोषण थिए । स्थानिए प्रतिभाको शिपकला लाइ प्रस्फुटन बनाउने उधेस्यले क्लब ले पहिलो पटक फेशन शो कार्यक्रम आयोजना गरेको क्लब कि अध्यक्ष एलिजा तुलाधर ले बताइन।
b-town-fashion-show-butwal