‘कारखाना’को फस्टलुक सार्वजनिक, पुस २९ गते प्रदर्शन मिति तय

...

कार्तिक, काठमाडौं । चलचित्र ‘कारखाना’को फस्टलुक सार्वजनिक गरीएको छ । पुस २९ गते प्रदर्शन मिति तय गर्दै फस्टलुक पनि सार्वजनिक गरीएको हो । सार्वजनिक फस्टलुकमा मुख्य कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटी देखिएका छन् ।
karkhana-poster-1अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।


चलचित्रमा मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रमा अनिल शाही, हर्कुलेस बस्नेत र कल्याण सिंहको संगीत, नवराज उप्रेतीको छायांकन, अमरदिप सापकोटा, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।