सकियो ‘पञ्चायत’को छायांकन, निताको न्युड दृश्य खिचिएको हल्ला मात्र होत?

...

कार्तिक, काठमाडौं । चलचित्र ‘पञ्चायत’ को छायांकन सकिएको छ । छायांकन सुरु भएको २० दिनमै सकिएको निर्देशक शिवम् अधिकारीले बताएका छन् । आफुहरुले निकै मेहनत गरी दिनरात गरेर चाडै छायांकन सकेको र चलचित्रमा समावेश गरीने एक गीत तिहार पछि छायांकन गर्ने निर्देशक अधिकारीले बताए ।
panchayat-shootting-pic५० बर्ष पुरानो कथामा बनाईएको ‘पञ्चायत’ बाग्लुङ सहित पश्चिमाञ्चलका विभिन्न ग्रामिण क्षेत्रमा छायांकन गरीएको छ । चलचित्रमा सरोज खनाल र नीता ढुङगाना मुख्य भुमिकामा छन् । त्यस्तै रुपा राना, गिता अधिकारी, बिशाल पहाडि, किरण थापा, जाहन्वी बस्नेत, गणेश गिरी, राजुबाबु श्रेष्ठको चलचित्रमा अभिनय रहेको छ ।


सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा छायांकन सकिएको चलचित्रमा रामेश्वर कार्कीको छायांकन छ ।

निताको न्युड दृश्य खिचिएकै हो त ?
चलचित्रको छायांकन को क्रममा नायिका निता डुंगानाको न्यूड दृश्य खिचिएको भन्ने हल्ला चलिरहेको थियो ।  यस बिषयमा चलचित्र निर्माण युनिटसँग कुरागर्दा यसबिषयमा बोल्न चाहेनन् । निताको न्यूड दृश्य खिचिएको हो या होइन त्यो चलचित्रको ट्रेलर र चलचित्र प्रदर्शन पश्चात नै थाहा होला ।