हस्तान्तरण भयो धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती, केके भयो कार्यक्रममा ? (फोटो फिचर)

...

गोपिकृष्ण चापागाई/ कार्तिक, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत नमुना बस्तीको आज उद्घाटन तथा भुकम्पपिडित स्थानियहरुलाई हस्तान्तरण गरीएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी हस्तान्तरण गरीएको कार्यक्रममा हजारौंको संख्यामा रहेका स्थानिय तथा सर्वसाधारणहरुले धुर्मुस सुन्तलीको कामलाई प्रसंशा योग्य भएको र सरकारको मातहतमा रहेकाहरुले सिक्नुपर्ने बताएका थिए ।

giranchau-namuna-basti-13कार्यक्रममा प्रमुख अतिथिको उपमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले देशको कलाकार भएर पनि सामाजिक कार्यमा अग्रसर भई अरुले गर्न नसकेको काम गरेको र सरकारलाई नै चुनौती दिएको भन्दै सो कार्यको प्रशंशा गरेकी थिइन् । साथै राष्ट्रपति भण्डारीले यस्तो कार्यले अन्य धेरैले सिक्नुपर्ने पनि बताएकी थिइन् ।

giranchau-namuna-basti-16कार्यक्रममा बिहान १० बजे पुगेकी राष्ट्रपति भण्डारी करिब डेढ घण्टाको समयसम्म रहिन् । कार्यक्रममा राष्ट्रपतिद्धारा पानिको धारा र चिल्ड्रेन पार्कको उद्घाटन गरीएको थियो । साथै कार्यक्रमको अन्तिममा गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनका दुई मुख्य ब्यक्ति धुर्मुस र सुन्तलीलाई राष्ट्रपति घारा मायाको चिनो हस्तान्तरण गरीएको थियो ।

giranchau-namuna-basti-1

giranchau-namuna-basti-2

giranchau-namuna-basti-15कार्यक्रममा धुर्मुस सुन्तलीका बुबा आमा, महजोडीद्धय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा क्रमशः भवनका ब्लक ए, ब्लक वी र ब्लक सिको चावी स्थानियलाई हस्तान्तरण गरीएको थियो ।

giranchau-namuna-basti-11

giranchau-namuna-basti-9

giranchau-namuna-basti-10

giranchau-namuna-basti-8

giranchau-namuna-basti-6

giranchau-namuna-basti-4

giranchau-namuna-basti-12