“द विनर”को सिक्वेन्स “द विनर २” को घोषणा

...

नेपाली सिनेमा द विनर टिमले अर्को सिनेमा घोषणा गरेको छ । सिनेमाले द विनरको सिक्वेन्स द विनर २ निर्माण घोषणा गरेको हो । सिनेमा आजबाट देशैभर प्रदर्शन भईरहेको छ ।

the-winner-press-meet-3
पहिलोदिन राम्रो प्रतिकृयाा पाईरहेको सिनेमाले बिदेशि भुमिका छांयाकन गरिएको थियो । अब बन्न लागेको सिक्वेन्समा पनि बिदेशकै दृश्य कैद गरिने बताईएको छ । केहि कलाकार द विनरकै रहने भएपनि केहि कलाकार भने हेरफेर हुने निर्माण पक्षले जनाएको छ । देश तथा विदेशबाट आएको प्रतिक्रियाले उत्साहित भएर पनि चलचित्रको सिक्वेल बनाउन लागिएको निर्माणपक्षले बताएको छ । द विनरलाई हिक्मत विष्टले निर्देशन गरेका हुन् । सिनेमामा महेशमान श्रेष्ठ, मनचिन शाक्य, मलिना जोशी, रोयल मास्के, राजकुमार पन्त, अमित गिरी, रेसु तामाङ, पुजा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । अब बन्ने सिक्वेन्समा भने को को कलाकार हुने भन्ने बिषयमा भने निर्माण पक्षले केहि सार्बजनिक गरेको छैन् ।