देवचुली महोत्सवमा गायक कमल खत्रीले राती सम्म यसरी धुम मच्चाए (फोटो फिचर)

...

कार्तिक, नवलपरासी । गायक कमल खत्री युवापुस्ता माझका निकै लोकप्रिय गायक हुन् । यिनै गायक यतिखेर देश भित्रका बिभिन्न महोत्सवहरुमा निकै ब्यस्त छन् । यस्तैक्रममा नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को दोस्रो दिनमा आफ्नो बिशेष प्रस्तुती दिएका छन् ।
kamal khatri singerकार्तिक २५ गते देखी मंसिर ४ गतेसम्म दश दिनसम्म चल्ने देवचुली महोत्सवमा आज बिहिबार गायक कमल खत्रीले करिब ४० मिनेटसम्म दर्शकलाई निकै नँचाएका थिए । कार्यक्रमको अन्त्यतिर पुगेका गायक खत्रीले उपस्थित दर्शकलाई अबेरसम्म खुबै नँचाएका थिए । उनका चर्चित थुप्रै गीतमध्ये उनले करिब आधा दर्जन गीत गाएका थिए । उनका गीत सुनेर युवा दर्शकहरु निकै नाँचेको देखिन्थ्यो ।

kamal khatri singerगायक खत्रीले आत्मामा, रात बित्यो, चोखो माया, आँखामा हेर लगायतका गीतहरु गाएका थिए । उनीसँगै देवचुली महोत्सवमा गायक दिपक खड्का, गायिका टिका पुन, उमा खनाल, गायक राजन गुरुंग, लगायत स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singer

kamal khatri singerतस्बिरः गोपिकृष्ण/आर्टिस्ट खबर