‘सतिदेवी’को प्रिमियरपछि अभिनेत्री मलिका महतलाई केहि प्रश्न

...

काठमाडौँ । चलचित्र ‘सतिदेवी’ यहि भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यसै चलचित्रकी मुख्य अभिनेत्री हुन् मलिका महत । उनले म्युजिक भिडिओ हुँदै चलचित्रमा पाइला चालेकी हुन् । मलिकाको सतिदेवी छायांकनको हिसाबले तेस्रो र रिलिजको हिरासबले यो चौथो चलचित्र हो । उनले यात्रा चलचित्रबाट अभिनय सुरु गरेर पानी फोटो, अगस्त्य, दाकिनीमा पनि काम गरिसकेकी छिन् । लक्ष्मण सुवेदीको लेखन र निर्देशन रहेको चलचित्र ‘सतिदेवी’को गएको बुधबार काठमाडौंमा प्रिमियरको आयोजना गरिएको थियो । सन्चारकर्मी, फिल्मकर्मीहरुसँगै बसेर चलचित्र हेरेपछि हामीले मलिकालाई केहि प्रश्न गरेका छौं । आर्टिष्ट खबरका गोपिकृष्ण चापागाईंले गर्नुभएको यो संक्षिप्त कुराकानी ।

१. सतिदेवीबाट कस्तो प्रतिक्रियाले पाइरहनुभएको छ ?
आजको प्रिमियरबाट आएका प्रतिक्रियाबाट खुसी छु । आज सन्चारकर्मी, कलाकर्मीले कसरी हेरिरहनुभएको छ । साथै मेरो आमाले कसरी हेरिरहनुभएको छ भन्ने कुरा नियाली रहेकी थिएँ । जतिपटक यो फिल्म हेरेपनि मन भारी हुन्छ मलाई ।

actress malika mahat

२. चलचित्रले दर्शकलाई बाध्न सकिन्छ जस्तो लागेको छ ?
म कलाकार भएर भन्दा र दर्शक भएर भन्दा चलचित्रको कथाले मज्जाले बाध्न सकिन्छ । म आफैले पनि हेरिरहँदा चलचित्र भित्र हराइरहेकी हुन्छु । दर्शक पनि फिल्म हेरिरहदा फिल्म भित्रै डुब्नुहुनेछ । सबैलाई मन छुन्छ जस्तो लाग्छ ।

३. सतिदेवीले उठाएको कथा तपाई देखेको वा सुनेको थियो ?
मैले चलचित्रमा उठाइएको कथा पहिला पनि सुनेकी छु । नेपालमा यस्तो भयो रे भन्ने कुरा सुनिरहेकी थिएँ ।

४. अब अन्य कुन चलचित्र आउँदैछन् ?
अहिले तत्काल साइन गरिसकेको चलचित्र त छैन, कतिपय मेकरसँग कुरा भइरहेको पनि छ ।

भिडिओ कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस् ।