विपिन कार्कीले दिए आमालाई दागबत्ति (फोटो)

...

काठमाडौँ । अभिनेता विपिन कार्कीको आमा सरस्वती कार्कीको ७२ बर्षको उमेरमा निधन भएसँगै अन्त्येष्टि गरिएको छ । विपिन र उनका दाजुले बिहीबार पशुपति आर्यघाटमा दातबत्ती दिए ।

लामो समयदेखि दीर्घरोगबाट थलिएकी उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको थियो । आर्यघाटमा थुप्रै सेलिब्रेटी पुगेका थिए । दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, दीपाश्री निरौला, अशोक शर्मा, प्रदीप भट्टराई, तुलसी घिमिरे, सरिता गिरी, कमेडियन सुमन कार्कीसहित सञ्चारकर्मीहरु पनि आर्यघाटमा पुगेका थिए ।

तस्बिरः गोपिकृष्ण चापागाईं/ आर्टिष्ट खबर