चलचित्र ‘सानो संसार’ अब असोज ११ मा आउने

...

काठमाडौँ । नयाँ चलचित्र ‘सानो संसार’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा रहेको यो चलचित्रअब एक हप्ता अगाडी असोज ११ गते प्रदर्शनमा आउने बताइएको छ ।
निर्माता अर्जुन कुमारले चलचित्रको पोस्टर सेयर गर्दै प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिएका हुन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडी असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछौं ।’

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । चलचित्रमा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा चलचित्र निर्माण भएको छ । चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले यो चलचित्रलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले चलचित्रलाई निर्देशन गरेका हुन् । यही चलचित्रबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई चलचित्रको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।