चलचित्र ‘आँखा’ले देखाउँदैछ काठमाडौँका सुकुम्बासीको पिडा

...

काठमाडौँ । नयाँ चलचित्र ‘आँखा’ले काठमाडौंका सुकुम्बासीको पिडालाई देखाउँदैछ । चलचित्रको टिजर पनि सार्वजनिक भइसकेको छ । टिजर सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ । बर्षौदेखीको सुकुम्बासीको बिषयलाई चलचित्रमा सरल तरिकाले उठाइएको छ । चलचित्रमा स्मिता लामिछाने मुख्य भूमिकामा देखिएकी छिन् । उनीसँगै सरोज खनाल, निशा अधिकारी, बुद्धि तामाङ, रविन्द्र झा, विजय बराल, आरके मेहता, पशुपति राई, राजन खतिवडा, लुनिभा तुलाधर, अभयराज बराल लगायतको अभिनय रहेको छ । चलचित्रमा निर्देशन, कथा र पटकथा जौन योन्जनको रहेको छ । लगानी पनि योन्जनकै रहेको छ । चलचित्रको कार्यकारी निर्माता नारायणप्रसाद बराल रहेका छन् ।

चलचित्रका मुख्य अभिनेत्री स्मिता लामिछाने टिजर सार्वजनिक भएसँगै निकै राम्रो प्रतिक्रिया आएको बताएकी छिन् । उनले काठमाडौंको सुकुम्बासीको कथालाई राम्रोसँग बुझ्न पाएको र भूमिका चित्रण गर्न पाएकोमा खुसी लागेको बताएकी छिन् । अभिनेत्री स्मिताले काम गरेको अर्को चलचित्र ‘म राजेश हमाल’ पनि आउनेक्रममा छ ।

चलचित्र आँखा आउँदो असोज ११ गतेबाट रिलिज हुँदैछ । चलचित्र आलोक शुक्लाले छायांकन गरेका हुन् । चलचित्रमा दिपक आरजे र जयन जे वाइवाको संगीत रहेको छ। कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको चलचित्रमा गंगा थापाको पार्श्व संगीत तथा किशोर आचार्यको ध्वनी मुद्रण रहेको छ।