चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक

...

काठमाडौँ । असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत सर्वाजनिक गरिएको हो ।

संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका प्रायः सवै मुख्य कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको सार्वजनिक गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । चलचित्रमा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा चलचित्र निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले चलचित्रलाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।

सिद्धार्थ पुडार्सनीले चलचित्रलाई निर्देशन गरेका हुन् । यही चलचित्रबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई चलचित्रको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।