होमनाथका खण्डकाव्य र महाकाव्य लोकार्पण

...

काठमाडौँ । कवि होमनाथ घिमिरेद्धारा लिखित खण्डकाव्य र महाकाव्य लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच ‘पथिक’ खण्डकाव्य र ‘मुगलान’ महाकाव्यको लोकार्पण गरिएको हो ।

साहित्य संगम चितवनले गरेको कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, साहित्य सङ्गमा चितवनका अध्यक्ष प्रकाश चापागाईं, प्राज्ञ रामहरि श्रेष्ठ, रामहरि शर्मा, केशवराज आमोदी र लेखकका सासुससुराले पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रममा डा.धनेश्वर भट्टराईले पथिक खण्डकाव्यको र लक्ष्मीकान्त शर्मा पौडेलले मुगलान महाकाव्यको विषयमा समीक्षा गरेका थिए।

महाकाव्यकार होमनाथ घिमिरेले पथिक खण्डकाव्यमा जिवन यात्राकाक्रममा भोगेका प्रकृति, जीवन, जगतका अनुभवलाई छन्द कवितामा प्रस्तुत गरेको बताए। महाकाव्यमा आमाको विषयलाई समावेस गरेको उनले बताए।