‘वर एण्ड वधु’लाई पोखरा प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

...

काठमाडौँ । चलचित्र ‘वर एण्ड वधु’को मोफसल प्रिमियर पोखरामा आयोजना गरिएको छ । यहि आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी प्रिमियरको आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकारहरु सहभागी भए । निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की प्रिमियरमा सहभागी हुन पोखरा पुगेका थिए । पोखरामा आयोजित प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्देशक चाम्स उत्साहित छन् ।

मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए । निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएपछि दर्शकले पनि यो फिल्मलाई मन पराउनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।

bar and badhu nepali movie

रोमान्टिक कमेडी जनराको यो चलचित्रको आज ललितपुरको लाबिम मलमा पनि प्रिमियर हुँदैछ । लाबिम मलमा ‘रेड कार्पेट मिरर वाक प्रिमियर’को आयोजना गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ । नेपालमै पहिलो पटम ‘मिरर वाक प्रिमियर’ आयोजना गर्न लागेको निर्माणपक्षले उपस्थिती अतिथीहरुले नयाँ शैलीको प्रिमियरको अनुभुती गर्न पाउने विश्वास लिएको छ ।

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्ने र दर्शकले पनि फिल्म मन पराउने विश्वास गरिएको छ । एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यो चलचित्रका कार्यकारी निर्माता अमित रिजाल हुन् । चलचित्रको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।