मिस युनिभर्स २०२३ को बिजेता सेनिस काठमाडौंमा (तस्बिर)

...

काठमाडौँ । मिस युनिभर्स २०२३ को बिजेता सेनिस पलासियोस काठमाडौं आएकी छिन् । उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा १०ः३० मा आइपुगेकी हुन् । उनी मिस युनिभर्स नेपाल २०२४को कार्यक्रममा सहभागी हुन काठमाडौं आएकी हुन् । उनलाई विमानस्थलमा आयोजक कम्पनी ग्लोबर ग्ल्यामर भेन्चरको तर्फबाट कार्यकारी निर्देशक सबि पुरी, मिस युनिभर्स नेपाल २०२४ की राष्ट्रिय निर्देशक संगीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की लगायतले स्वागत गरे ।

Sheynnis Palacios in Nepal

सेनिसले बिमानस्थलमा सन्चारकर्मीसँग कुरागर्दै नेपाल पहिलोपटक आएको बताइन । उनले नेपाल भ्रमणमा आउन पाउँदा खुसी लागेको बताइन् । ‘मलाई पहिलोपटक नेपाल आउन पाउँदा अत्यन्तै खुसी लागेको छ । यहाँको मौसम पनि मेरो देशको जस्तै रहेछ ।’ जिम्बाबेबाट काठमाडौं आइपुगेको पलासियोससँग अन्य तीनजना सदस्य पनि छन् ।

Sheynnis Palacios in Nepal

सेनिस निकारागुवाकी चर्चित मोडल समेत हुन् । कार्यकारी निर्देशक सबि पुरीका अनुसार सेनिसका टिम तीनदिन नेपाल रहनेछ । भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदेछ । उक्त फिनाले समारोहमा भने सेनिसको टिम रहनेछैन । फिनाले भन्दा अगाडीको कार्यक्रममा सहभागी भएर सेम्टेम्बर १ मा फर्कने तालिका रहेको बताइएको छ ।

Sheynnis Palacios in Nepal

फिनालेमा २२ जनाबिच हुने मिस युनिभर्स नेपाल २०२४ को फिनालेमा २२ जना बिच प्रतिस्पर्धा हुँदैछ । यसबर्षको संस्करण देखी मिस युनिभर्स नेपाललाई ग्लोबल ग्ल्यामरले अयाोजना गर्दैछ ।

Sheynnis Palacios in Nepal

Sheynnis Palacios in Nepal

Sheynnis Palacios in Nepal

तस्बिरः गोपिकृष्ण चापागाईं/ आर्टिष्ट खबर