मुना थापा र हेमन्त शर्माले नवलपरासीका २५ हजार दर्शकलाई एकैसाथ नँचाए

...

मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको नवौं दिन शुक्रबार चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगर र चर्चित गायक हेमन्त शर्माले महोत्सव संगीतमय बनाए । अन्तिमचरणमा पुगेको महोत्सव दश दिनसम्म चल्ने भनिएता पनि दर्शकको अत्यधिक चाँपका कारण थप १ दिन चल्ने बताइएको छ ।
muna thapa magar in devchuli mahotsab nawalparasiशुक्रबारको मुख्य आकर्षकको रुपमा रहेका मुना थापा र हेमन्त शर्माको उपस्थिती हुँदा महोत्सवमा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवको अहिलेसम्मकै बढी दर्शकले अवलोकन गरेको आयोजकको भनाई छ ।

गायिका मुना थापा मगरले आफ्ना चर्चित करिब आधा दर्जन गीत गाउँदा महोत्सव पुरै संगीतमय बनेको थियो । मुनाले आफुले बिहे नगरेको र नवलपरासीका ठिटाहरु कोहि छन् भने आँट्दा हुन्छ भन्दै माहोल रमाइलो बनाउँदा युवा दर्शकहरु खुबै मनोरञ्जन लिइरहेको देखिन्थ्यो । उनले  ‘सर सर मै तिर’, ‘चिसो चिसो हावा’, ‘तिमी राम्रो हाँसोले’ लगायतका चर्चित गीतहरु गाएकी थिइन् ।
Hemanta sharma in devchuli mahotsab nawalparasiसाथै गायक हेमन्त शर्माको गीतमा पनि हजारौं दर्शकहरु खुबै नाँचेका थिए । नवलपरासीमा जन्मिएका हेमन्तले मेरा गाउँलेबासी भन्दा छुट्टै किसिमको माहोल बनेको थियो । नवलपरासीको बर्दघाटमा सञ्चालन भइरहेको ब्यापार मेलाको कार्यक्रम सकेर देवचुली महोत्सवमा आएका हेमन्तले नवलपरासीको दुबै महोत्सवमा उत्तिकै दर्शकहरुको भिड लागेको भन्दै नवलपरासीमा दर्शकलाई आफ्ना गीतहरुले निकै नँचाएका थिए । हेमन्तले ‘मुल हौ भने रसाई देऊ’, ‘के माया गर्न हुन्न र’ , ‘जाली माया’, ‘दिलमा फोटो छ’ लगायतका गीतहरु गाएका थिए ।