चलचित्र दुखी आत्मको दयाहाङ र आँचल सहित सुटिङ सुरु

...

काठमाडौँ । नयाँ चलचित्र दुखी आत्माको सुटिङ सुरु गरिएको छ । सोमबार (२४ भदौ)बाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गर्दैछन् भने चलचित्रमा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको छ ।

सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्विर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रमा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङ लगायतले अभिनय गर्दैछन् ।
Dayahang Rai and Anchal Sharma

पूरा फिल्म काठमाडौं उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरुले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुखी आत्मा’ सोसियल कमेडी फिल्म हो ।

आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।