विपिन कार्कीले सुरु गरे ‘तेल भिसा’को डबिङ

...

काठमाडौँ । चलचित्र ‘तेल भिसा’को डबिङको काम सुरु गरिएको छ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको आज आइतबारबाट काठमाडौंको अनामनगरस्थित सम्राट फिल्मस्मा डबिङको काम सुरु गरिएको हो ।
निर्देशक शंकर घिमिरेका अनुसार केहिदिन अभिनेता कार्कीको डबिङ चल्नेछ । साथै अभिनेत्री पुजा चन्दको पनि डबिङ एकसाथ चल्ने बताइएको छ । डबिङमा आजबाट जोडिएका अभिनेता कार्कीले चलचित्रमा दोहोरो भूमिका गरेकाले यसपटकको डबिङ आफ्ना लागी बिशेष रहेको बताए । उनले भनेका छन्, ‘मैले चलचित्रमा बुबा र छोराको भूमिका निभाएको छु । त्यसैले डबिङमा बिशेष ध्यान दिनुपर्ने छ, इन्जोय गर्दै काम गरिरहेको छु ।’

samrat films anamnagaer

निर्देशक घिमिरेले नेपालमा रहेका कलाकारहरुको अब क्रमबद्ध तरिकाले डबिङको काम चल्ने र त्यसपछि चलचित्रको साउण्ड मिक्सिङको काममा लाग्ने बताए । ‘हामीले अमेरिकामा भएको अधिकांश सुटको सिंक साउण्डमै काम गरेका छौं । नेपाल भित्रको पार्टको डबिङमा लागेका हौं ।’ निर्देशक घिमिरेले भने । ‘काम तालिका अनुसार नै चलेको छ ।’

bipin karki in samrat films studio

सम्राट फिल्मस्का रेकर्डिस्ट भरत कंडेलले तेल भिसाको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए । उनले भनेका छन्, ‘प्रोफेसल टिमसँग काम गर्दा मज्जा आउँछ । काम पर्फेक्ट तरिकाले अगाडी बढिरहेको छ ।’ कंडेलसँग भारतको २० बर्षको रेकर्डिस्टको अनुभव छ । उनले भारतमा रहँदा हिन्दी, साउथ इन्डियन चलचित्र देखी बिभिन्न चर्चित कार्टुनसम्मको अडियोको काम गरेका छन् । सम्राट फिल्मस्मा यसअघि ‘बर एण्ड बधु’, ‘परदेशी २’, ‘ए साथी सुन’, ‘ह्रस्व दिर्घ’, ‘मायावी’, ‘एन्जिला’ चलचित्रको अडियोको काम भएको छ । (News in English)

Video Report

bipin karki in samrat films studio

bipin karki in samrat films studio

तस्बिरः लक्ष्मण शर्मा/ आर्टिष्ट खबर