ऋचाको ‘सारंग’ मंसिर ७ मा रिलिज हुने

...

काठमाडौँ । चलचित्र ‘सारंग’ आगामी मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको यो चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।

कोरियोग्राफरको रुपमा समेत परिचीत प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको चलचित्रको पोस्टरमा अभिनेत्री ऋचा शर्मा,उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको चलचित्रलाई टि फल्क फिल्मस्ले बितरण गर्ने छ । चलचित्रमा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसी, बिश्व स्याङ्वो, प्रभातजंग लगायतको समेत अभिनय रहेको छ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको डिओपी गोपाल राय हुन भने सम्पादन मित्र ध्वज गुरुङले गरेका छन् । चलचित्रका गीत डिपी खनालले लेखेका हुन्,संगीत शंकर थापा ‘स्माइल’ को छ । चलचित्रले सबै वर्गका दर्शकमाझ बेग्लै छाप छोड्ने बिश्वास निर्देशक तामाङको छ ।