दर्शकको प्यास मेटाउँदै नक्कली माग्नेबुढा र धुर्मुस (भिडियो प्रस्तुती)

...

मंसिर, काठमाडौं । एक समय नेपाल टेलिश्रृंखलामा अत्यधिक रुचाइएका कलाकार हुन् सिताराम कट्टेल र केदार घिमिरे अर्थात ‘धुर्मुस’ र ‘माग्नेबुढा’ । यी दुईको जोडी नेपाली हाँस्यब्यंग्य क्षेत्रमा अत्यधिक जमेको थियो । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरी बास्सै’का ‘धुर्मुस’ र ‘माग्नेबुढा’ भन्ने बित्तिकै साना दर्शक देखी बृद्ध दर्शकले चिन्ने गर्दथे ।
vlcsnap-2016-11-27-17h46m09s837पछिल्लो समय ‘मेरी बास्सै’ टेलिश्रृंखला प्रसारण हुन छाडिसकेको छ भने धुर्मुस र माग्नेबुढाको जोडी पनि फाटिसकेको छ । टेलिश्रृंखला प्रसारण हुँदै गर्दा नै केदार घिमिरे मेरीबास्सैको टिम बाट बाहिरीएर नेपाली युट्युवका दर्शकका लागी काम गर्न थाले । सितारामले भने केहि समय मेरीबास्सैलाई निरन्तरता दिए । अहिले पनि नेपाली दर्शकहरुमाझ यो जोडीको माग भइरहेको पाइन्छ । देश बिदेशमा हुने बिभिन्न कार्यक्रमहरुमा धुर्मुस र माग्नेबुढा भन्ने बित्तिकै दर्शकहरु धेरै नै ओइरिएको पाइन्थ्यो तर पछिल्लो समय यी सक्कली धुर्मुस र माग्नेबुढा यसरी कार्यक्रममा हिड्न छाडेपनि नक्कली धुर्मुस र माग्ने बुढाले दर्शकको प्यास मेटाइरहेका छन् ।
vlcsnap-2016-11-27-17h46m28s445पोख्रेली माग्ने बुढा र धुर्मुस भनेर चिनिएका राजेन्द्र नेपाली (धुर्मुस) युबराज भण्डारी (माग्ने बुढा) यतिखेर देश तथा बिदेशको कार्यक्रममा पनि निकै ब्यस्त छन् । सक्कली माग्नेबुढा र धुर्मुसको दुरुस्तै नक्कल गर्ने यो जोडी सिताराम कट्टेल र केदार घिमिरेकै अनुमतिमा आफुहरु कार्यक्रममा हिड्ने गरेको बताउँछन् । साथै यो जोडीले केहि समय अगाडि धुर्मुस सुन्तलीले थालेको गिरान्चौर नमुना बस्ती निर्माणमा अभियानलाई पनि सहयोग गरेको थियो ।

गएको कात्तिक २५ गतेदेखी मंसिर ५ गतेसम्म नवलपरासीको कावासोतीमा भएको देवचुली महोत्सवमा पनि यो जोडीले माग्नेबुढा र धुर्मुस बनेर उपस्थित हजारौं दर्शकलाई खुबै मनोरञ्जन प्रदान गरेका थिए । उनीहरुको प्रस्तुतीमा कमेडीका साथमा सामाजिक सन्देश पनि हुने गरेको पाइन्छ ।

हेर्नुस् उनीहरुको कमेडी प्रस्तुती तलको भिडियोमा ।