जिया र रोजीले जिते ‘मिस एण्ड मिसेस् युनिभर्सल २०२४’

...

काठमाडौं । अबिवाहित र बिवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस् युनिभर्सल २०२४‘ को ग्राण्ड फिनाले भएको छ । आज (शनिबार) सम्पन्न फिनालेबाट मिस तर्फबाट जिया राई र मिसेस् तर्फबाट रोजी थापा बिजेता बने । बिजेता बनेसँगै उनीहरुले नगद रु. २५ हजार पुरस्कार प्राप्त गरे ।
miss and mrs universal 2024
साथै मिस युनिभर्समा सुस्मिता श्रेष्ठ फस्र्ट रनर बन्न सफल भइन् भने दिप्सिखा देवकोटा सेकेण्ड रनरअप बनिन् । यस्तै मिसेस् युनिभर्समा सरु घिमिरे फस्ट रनअप बनिन् भने गोपीमाया थुलङ सेकेण्ड रनरअप बन्न सफल भइन् । प्रतियोगीतामो जज्को रुपमा कलाकार बुद्धि तामाङ, एलिजा गौतम, मिडियाकर्मी बिना श्रेष्ठ, समाजसेवी श्रीनेशा पोखरेल र निलम पौडेल थिए ।

miss and mrs universal 2024

कार्यक्रमको ग्राण्ड फिनालेका प्रमुख अतिथि पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महिलाहरुको बौद्धिक बिकासका लागी यस्ता किमिसका कामले थप उर्जा प्रदान गर्ने बताए । उनले बिजेताहरुलाई ट्रफि प्रदान गरेका थिए । आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टकी प्रमुख नितु श्रेष्ठले कार्यक्रमको फिनालेमा ११ जनाबिच प्रतिस्पर्धा रहेको जानकारी गराइन् । फाइलिस्ट सबैजना बिजेता सरह रहेको भन्दै नितुले सबैलाई बधाई दिइन् । प्रतियोगीताको कोरियोग्राफी दिक्पाल कार्कीले गरेका थिए । (News in English)

miss and mrs universal 2024

Video